
धनगढी ः नेबिसंघ धनगढी उपमहानगर कार्य समितिले लागुऔषध सम्बन्धी विद्यार्थीहरुलाई सचेतना कार्यक्रम सञ्चालन गरिएको छ । धनगढी उपमहानगरपालिका भित्रका विभिन्न बिद्यालय र क्याम्पसहरु मा सचेतना कार्यक्रम सञ्चालन गरिएको हो ।
“ विद्यार्थीहरुमा लागु औषध दुर्व्यसन सम्बन्धि सचेतना ’’ भने मुल नारा दिएको यस अभियान झन्डै १२ दिन सम्म चल्दा थुप्रै बिद्यालय र क्याम्पसहर का विद्यार्थीहरुमा लागू औषध सम्बन्धि सचेतना कक्षा सञ्चालन गरिएको थियो ।
सरदा मा।वि , त्रिभुवन मा.वि , पन्चोदय मा.वि , त्रिनगर मा।वि , सुदूर पश्चिमाञ्चल क्याम्पस (SPA) , ऐश्वर्य बिद्यानिकेतन , एकसिस स्कुल , सैपाल शिक्षा सदन लगायतका विभिन्न बिधालय र क्याम्पसहरु मा यस अभियान चलाएको थियो।
बिद्यार्थीहरुलाई लागू औषध सेवन गर्ने बानी बस्यो भने ब्यक्तिको जीवन परिवार समुदाय सबै क्षेत्रमा नकारात्मक असर पर्नुका साथै स्वास्थमा हानिकारक गर्ने र लागू औषधले नै ब्यक्तिको ब्यक्तित्व नाश हुने र समाजमा विभिन्न बिकृती फैलिने हुँदा लागुऔषधको सेवन नगर्न र नगराउन, साथीहरूको लहलहमा लागेर भबिस्य अँध्यारो तिर धकेल्न नहुने नेबिसंघ धनगढीका सभापति दिपेश बोहराले बताए ।
साथै बिद्यालयमा १० बजे देखि ४ बजे सम्म मात्र बस्ने त्यो भन्दा बढी समय घर परिवार सङ्ग बिताउने हुँदा अभिभावकले आफ्ना छोराछोरीको साथ को सङ्ग छ, पढ्न बिद्यालय जान्छ, जादैन सम्पुर्ण क्रियाकलापको निगरानी गर्नुपर्ने बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
मन पर्यो (१००%)
मन परेन (०%)
तटस्थ (०%)
रिस उठ्यो(०%)
प्रतिक्रिया दिनुहोस्