images
images
  • शेरबहादुर देउवाको धनगढी निवास अगाडि बम राख्ने युवक पक्राउ

    धनगढी : नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाको धनगढीस्थित निवास अगाडि बम राखेको आरोपमा एक युवकलाई पक्राउ गरिएको छ ।

    पूर्वप्रधानमन्त्री समेत रहेका देउवाको धनगढी उपमहानगरपालिका–४ बसपार्क नजिकैको घर अगाडि बम राखेको आरोपमा गौरीगंगा नगरपालिकाका दानबहादुर धामीलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

    कैलालीका प्रमुख प्रहरी उपरीक्षक (एसपी) पदमबहादुर विष्टले धामीलाई पक्राउ गरिएको पुष्टि गरे । उनकाअनुसार जिल्ला प्रहरी कार्यालय पर्साको हिरासतमा रहेका नेकपा (बहुमत) का एक नेताले देउवाको निवास अगाडि धामीलाई बम राख्न लगाएको बयान दिएपछि शुक्रबार पक्राउ गरिएको हो ।
    उनी नेकपा(बहुमत) निकट भएको प्रहरीको भनाई छ तर अहिले उनी आफूलाई विप्लव निकट भएको दाबी गरिरहेको प्रहरी स्रोत बताउँछ । गत भदौमा देउवाको निवास अगाडि अज्ञात समूहले विस्फोटक वस्तु राखेको थियो ।

    उक्त विस्फोटक वस्तु बम भएको पाइएपछि नेपाली सेनाको टोलीले डिस्पोज गरेको थियो । प्रहरीले यसअघि बम राखेको आरोपमा नेकपा बहुमतका चार जनालाई पक्राउ गरेर समेत अनुसन्धान गरेको थियो ।

    खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    मन पर्‍यो (१००%)

    मन परेन (०%)

    तटस्थ (०%)

    रिस उठ्यो(०%)

    प्रतिक्रिया दिनुहोस्