
डडेल्धुरा : सुदूरपश्चिम प्रज्ञा-प्रतिष्ठानको आयोजनामा शुक्रबारदेखि डडेल्धुराको सदरमुकाम बागबजारमा लोक सांस्कृतिक उत्सव (लोक नृत्य तथा गायन प्रतियोगिता) शुभारम्भ भएको छ। कार्यक्रमको एक भव्य समारोहबिच सुदूरपश्चिम सरकारका पूर्व सामाजिक विकास मन्त्री गोविन्दराज बोहराले उदघाटन गरे।
सो अवसरमा बोल्दै प्रमुख अतिथि पूर्वमन्त्री बोहराले लोक संस्कृति र कलाको संरक्षण र विकास आवश्यक भएको बताए। उनले सुदूरपश्चिम प्रज्ञा प्रतिष्ठान आफ्नै कार्यकालमा सरकारले स्थापना गरेको स्मरण गर्दे प्रतिष्ठानले यस प्रदेशको भाषा-संस्कृतिको सम्बर्द्धनमा महत्वपूर्ण योगदान पुर्याउने विश्वास पनि ब्यक्त गरे। समारोहमा सुदूरपश्चिम प्रज्ञा-प्रतिष्ठानका उपकुलपति तथा संस्कृतिविद् डा. टीएन जोशीले कला , संस्कृति र सभ्यताको खोज र संरक्षण प्रतिष्ठानको लक्ष्य भएको बताऊदै नयाँ प्रतिभाको खोजी र प्रोत्साहनका लागि नौ वटै जिल्लामा कार्यक्रम अगाडि बढाइएको बताए।
समारोहमा पूर्व सांसद यज्ञराज पाठक, एमाले डडेल्धुराका अध्यक्ष गजेन्द्र शाही, वरिष्ठ डेउडा गायक भुवन दाहाल, नवदुर्गा गाउँपालिका अध्यक्ष हेमराज चटौत, नेपाली काङ्ग्रेसका नेता शेरबहादुर भण्डारी, उपाध्यक्ष निर्मला बिष्ट, डडेल्धुरा सार्वजनिक पुस्तकालयका सचिब टेकराज पाण्डेय, नृत्य निर्देशक भीम थापा, राष्ट्रिय संगीतकर्मी संघ डडेल्धूराका अध्यक्ष गणेश केसीलगायतले शुभकामना प्रकट गरेका थिए। दुइ दिनसम्म सञ्चालन हुने लोकनृत्य तथा गायन प्रतियोगितामा २५ भन्दा बढी प्रतियोगीको सहभागिता रहेको आयोजकले जनाएको छ। कार्यक्रम राष्ट्रिय संगीतकर्मी संघ डडेलधुराको सहकार्यमा सञ्चालन भएको हो। स्थानिय कला, शब्द , भाका , र मौलिकतालाई प्रतियोगितामा बढी प्राथमिकता दिइएको सुदूरपश्चिम प्रज्ञा-प्रतिष्ठानका उपकुलपति डा.टीएन जोशीले बताए।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
मन पर्यो (१००%)
मन परेन (०%)
तटस्थ (०%)
रिस उठ्यो(०%)
प्रतिक्रिया दिनुहोस्