images
images
  • मंसिर २२ गते देखी सुदूरपश्चिम महोत्सव लाग्दै

    धनगढी ः आगामी मङ्सिर २२ गतेदेखि कैलालीको धनगढीमा सुदूरपश्चिम महोत्सव लाग्ने हुने भएको छ । मंगलबार कैलाली उद्योग वाणिज्य सङ्घले पत्रकार सम्मेलनको आयोजना गर्दै महोत्सवको तयारी तीव्र रूपमा भइरहेको जानकारी गराइएको हो । कैलाली उद्योग वाणिज्य सङ्घका अध्यक्ष पुष्पराज कुवरले महोत्सवको करिब ७० प्रतिशत बढि तयारी भइसकेको जानकारी दिएका छन् ।

    उनले १८ औँ संस्करणको महोत्सव अझै विशेष र भव्य हुने बताए । मङ्सिर २२ गतेदेखि पुस २ गतेसम्म आयोजना हुने महोत्सवमा प्रदेशमै उद्योगी व्यवसायीहरूलाई प्राथमिकता दिने अध्यक्ष कुवरले जानकारी दिए। महोत्सवमा प्रदेश बाहिरका उद्योगी व्यवसायीहरूलाई पनि आमन्त्रण गरिएको र उनीहरुको पनि व्यवसाय प्रवर्द्धन गर्न महोत्सवले ठूलो भूमिका खेल्ने उनले बताए।

    ३ करोडको लगानीमा १५ करोड बराबरको कारोबार हुने अपेक्षा गरिएको आयोजकले जानकारी दिएको । ५ सय स्टल रहने महोत्सवमा करिब ९५ प्रतिशत स्टल बुक भइसकेका छन् र ५ लाखले अवलोकन लक्ष्य रहेको अध्यक्ष कुवरले बताए ।

    महोत्सव सफल बनाउन मूल आयोजक समितिसहित २९ उपसमिति बनाइएको छ। विद्यार्थीलाई ५० रुपैयाँ अन्यलाई १०० टिकट तोकेको आयोजकले टिकबाट केही प्रतिशत रकम सामाजिक कार्यमा खर्च गर्ने जनाएको छ ।

    उद्योग वाणिज्य सङ्घ कैलालीका महासचिव ओम बिष्टले महोत्सवको तयारी तीव्र भइरहेको भन्दै यस पटक पनि महोत्सवमा शालीन आन्दोलन जारी रहेको बताए । २१ बुँदे माग राख्दै २१ किलोका माला लगाउँदै आएको उद्योग वाणिज्य सङ्घले १७ वर्षसम्म ५ माग पुरा भइसकेको र ६ माग पुरा हुने क्रममा रहेको बताएको छ । अझै पनि ११ माग पुरा नभएको भन्दै ११ किलोको माला सरकार प्रमुखलाई लगाएर ११ बुँदे माग राख्ने तयारी गरिएको महासचिव बिष्टले जानकारी दिए।

    खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    मन पर्‍यो (१००%)

    मन परेन (०%)

    तटस्थ (०%)

    रिस उठ्यो(०%)

    प्रतिक्रिया दिनुहोस्