images
images
  • तत्कालै संविधान संशोधनको अवस्था छैन : सभामुख घिमिरे

    हेटौंडा– प्रतिनिधि सभाका सभामुख देवराज घिमिरेले संघीयताले आर्थिक भार बढाएको भन्दै नकारात्मक टिकाटिप्णी भएकोले संविधान संशोधनको बहस चलेको बताएका छ्न्।

    हेटौंडामा बिहीबार युवा सीप वर्ष २०८१ अन्तर्गत सञ्चालित निःशुल्क सीप विकास तालिमहरूको प्रमाण पत्र वितरण कार्यक्रममा बोल्दै सभामुख घिमिरेले संघीयताविरूद्ध आवाज उठिरहेकाले संविधान संशोधनको बहस चलेको हुन सक्ने आफुलाई लागेको बताए। तर बहस भएजस्तो तुरुन्तै संविधान संशोधन भैहाल्ने अवस्था नरहेको उनको भनाई थियो।

    ‘संविधान संशोधन समय अनुसार हुन्छ तर अहिले त्यता जाने बेला भएको छैन। यो विषयमा अहिले म केही भन्दिनँ’, उनले भने। युवा जनशक्तिलाई देशले सहि तरिकाले प्रयोग गर्न सके देशको समग्र विकासमा सकारात्मक प्रभाव पर्न सक्ने उनले बताए। युवाको उर्जालाई राज्यले सहि ठाउँमा उपयोग गर्नुपर्ने उनको भनाइ थियो।

    खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    मन पर्‍यो (१००%)

    मन परेन (०%)

    तटस्थ (०%)

    रिस उठ्यो(०%)

    प्रतिक्रिया दिनुहोस्