images
images
  • प्रधानमन्त्री ओलीले पाए विश्वासको मत, दुई तिहाइ सांसदको साथ

    काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले संसदबाट विश्वासको मत पाएका छन् ।

    आइतबार भएको मतदानमा प्रधानमन्त्री ओलीलाई दुई तिहाइ सांसदले विश्वासको मत दिए ।

    ओलीले आफूलाई प्रतिनिधिसभाको विश्वास छ भनेर राखेको प्रस्तावको पक्षमा १८८ सांसदले मत दिए भने ७४ जनाले विपक्षमा मतदान गरे । एक जना भने तटस्थ रहे ।

    प्रधानमन्त्री ओलीलाई काँग्रेस, एमाले, जसपा, जसपा, नेपाल, लोसपा, जनमत पार्टीलगायतले प्रधानमन्त्री ओलीलाई विश्वासको मत दिएका थिए ।

    आइतबार प्रधानमन्त्री ओलीले विश्वासको मत माग्दा प्रतिनिधिसभाका २७५ सदस्यमध्ये २६३ सांसद सहभागी थिए ।

    दुई वा दुई भन्दा बढी दलको समर्थनमा नियुक्त प्रधानमन्त्रीले ३० दिनभित्र विश्वासको मत लिनुपर्ने संवैधानिक प्रावधानअनुसार प्रधानमन्त्री ओलीले आइतबार विश्वासको मत लिएका हुन् ।

    असार १७ गते राति संसद्का दुई ठूला दल नेपाली कांग्रेस र नेकपा एमालेबीच भएको सहमतिको जगमा नेकपा एमालेका अध्यक्ष ओली असार ३० गते प्रधानमन्त्रीमा नियुक्त भएका थिए ।

    खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    मन पर्‍यो (१००%)

    मन परेन (०%)

    तटस्थ (०%)

    रिस उठ्यो(०%)

    प्रतिक्रिया दिनुहोस्