
काठमाडौँ । राष्ट्रिय सभाका अध्यक्ष नारायणप्रसाद दाहालले पछुताउन नपर्ने गरी संघीय संसद भवन निर्माण कार्य सम्पन्न गर्नुपर्ने बताएका छन् ।
उनले संसद भवनको निर्माण कार्य आधुनिक नदेखिएको उल्लेख व्यक्त गरे । निर्माण ढिला भएकोमा अध्यक्ष दाहालको असन्तुष्टि थियो । अध्यक्ष दाहालले सो संसद भवनको हलले पनि नयाँ सन्देश दिनुपर्ने भएकाले त्यसमा पनि विचार गर्न सरकारलाई सचेत गराए । उनले संसद भवनमा भोटिङको पनि उचित प्रबन्ध गर्नुपर्ने आवश्यकता औँल्याए ।
२०७६ साल असोज १६ गते करिब ६ अर्ब ३० करोड लागतमा ३ वर्षभित्र सम्पन्न गर्ने सम्झौतासहित सुरु गरिएको सो भवनको निर्माण कार्य तोकिएको समयमा सम्पन्न नभएपछि आगामी चैत्र १८ गते सम्पन्न गरिसक्ने गरी पुनः समय थप गरिएको छ । थपिएको सो समय भित्र निर्माण कार्य सम्पन्न हुने गरी आफूहरूले ताकेता गरेको सहरी विकास मन्त्रालयले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
मन पर्यो (१००%)
मन परेन (०%)
तटस्थ (०%)
रिस उठ्यो(०%)
प्रतिक्रिया दिनुहोस्