
काठमाडौं । गायक तथा संगीतकार रोशन राई (पालुवा स्टार)को नयाँ गीत ‘दुई थुङ्गा फूल’ सार्वजनिक भएको छ।
राई काजी चाम्लिंङको शब्द ,संगीत र लोकेश चाम्लिंङको एरेन्ज रहेको गीतलाई गायक रोशनकै युट्युब च्यानल मार्फत रिलिज गरिएको हो ।
हसन राइको प्रस्तुतीमा बनेको गीतको भिडियोमा कलाकारहरु जीवन भट्टराई र समापिका गौतम अभिनय रहेको छ ।
बियोगान्त प्रेमकथा देखाइएको भिडियोमा लक्ष्मी बर्देवाको कन्सेप्ट र जीवन भट्टराईकै निर्देशन रहेको छ । भिडियोमा बुद्ध थापाको सिनेमाटोग्राफी र बिष्णु खड्काको कलर ग्रेडिंङ तथा सम्पादन रहेको छ ।
गायक तथा संगीतकार रोशन राईको यसअघिका दर्जनौ गीतहरुले चर्चा बटुलिसकेका छन् ।
भिडियो हेर्नुहोस् !
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
मन पर्यो (१००%)
मन परेन (०%)
तटस्थ (०%)
रिस उठ्यो(०%)
प्रतिक्रिया दिनुहोस्